दफा १२६
भिक्षा माग्न वा माग्न लगाउन नहुने

(१) कसैले कुनै सार्वजनिक स्थानमा भिक्षा माग्न वा बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्नेवहानामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न वा भिक्षा माग्न दुरुत्साहन दिनहुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिमको सजाय हुनेछ र भिक्षाको बिगो जफत समेतहुनेछः–
(क) पहिलो पटक भिक्षा मागेको भए एक महिनासम्म कैद वा एक हजार रुपैयाँसम्म जरिबाना र दोस्रो पटकदेखिप्रत्येक पटक दुई महिनासम्म कैद वा दुई हजार रुपैयाँसम्म जरिबाना,
(ख) पहिलो पटक भिक्षा माग्न लगाएको भए एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै र दोस्रोपटकदेखि प्रत्येक पटक तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै ।
(३) कुनै साधु, सन्त, जोगी वा भिक्षुले सनातनदेखि चली आएको परम्परा अनुसार घर घरमा पुगी भिक्षा माग गरेमा वा कुनै धार्मिक वा साँस्कृतिक कार्यमा भिक्षा मागिएकोमा त्यस्तोे कार्यलाई यस दफा अन्तर्गतको कसूर मानिने छैन,
(४) “सार्वजनिक स्थान” भन्नाले सडक, गल्ली, पार्क, सवारी विसौनी स्थल, सरकारी कार्यालय वा कार्यालयको परिसर सम्झनु पर्छ र सो शब्दले सार्वजनिक प्रयोगमा रहेको सवारी साधनलाई समेत जनाउँछ ।